साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसारसाउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ खर्च भएको छ भने ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ राजस्व उठेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो । चालू आर्थिक वर्षका लागि सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ । 

एजेन्सी

Comments

Back to top