युक्रेनले रूसमा बनायो सैन्य कार्यालय
युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ ।
युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेको बताएका छन् ।
सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्ने छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् । यो बैठक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अध्यक्षतामा भएको थियो।
रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर प्रवेश गरेका छन् । तिनीहरूले ८२ बस्ती सहित १ हजार १५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेका छन्।
यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो । तर, युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ ।
एजेन्सी
Comments