गठ्ठाघरमा भएकाे गाडी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको गाडी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आईजीपी कुँवरलाई निर्देशन दिएका हुन् ।

हिजो दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ घर भई कपन बस्दै आएका उत्तम कोइरालाको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले ट्रक चालक सर्लाहीकाे मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।

एजेन्सी

Comments

Back to top