गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

इजरायली सेनाको आक्रमणका कारण गाजामा हालसम्म ४० हजारभन्दा बढि प्यालेस्टिनीको मृत्यु भएको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलापछि अहिलेसम्म ४० हजार ५ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

गाजामा इजरायली आक्रमणमा ६० प्रतिशतभन्दा बढि भवनमा क्षति पुगेको छ । विगत केही महिनामा रफाहको दक्षिणी सहरमा अत्यधिक क्षति भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा मृत्यु भएकामध्ये कति सर्वसाधारण र कति लडाकु हुन् भनेर छुट्याइएको छैन।

यद्यपि, मृत्यु हुनेमा अत्यधिक महिला, बालबालिका तथा वृद्धवृद्धा छन् । इजरायली सेनाले बीबीसीलाई दिएको तथ्याङ्कअनुसार हालसम्म १५ हजारभन्दा बढि आतंकवादीको मृत्यु भएको दाबी गरिएको छ ।

एजेन्सी

Comments

Back to top