माइकल जोर्डनः बास्केटबलका उत्कृष्ट खेलाडीको सफलताको कथा

माइकल जोर्डनलाई अहिलेसम्म बास्केटबलका उत्कृष्ट खेलाडी मानिन्छ, जसले असफलता र करियरको सुरुवातबीचका धेरै कठिनाइहरू पार गर्दै बास्केटबलप्रति कडा परिश्रम र लगनशीलताका साथ त्यो स्थान हासिल गरेका छन्, जुन स्थानमा पुग्न कुनै पनि खेलाडीका लागि निकै कठिन हुन्छ।

‘म असफलता स्वीकार गर्न सक्छु, सबैजना केही न केहीमा असफल हुन्छन्। तर प्रयास नगरेको स्वीकार गर्न सक्दिन’। यो सानो उद्धरणले माइकलको सम्पूर्ण कथा बताउँछ कि उनको जीवन उतार–चढ़ावले भरिएको छ।

उनी सफल पनि भए र असफल पनि भए, उनको बुबाको हत्या भयो, उनको जीवनमा धेरै विवादहरू आए, तर कठिन परिस्थितिमा पनि उनले अगाडि बढ्नमा ध्यान केन्द्रित गरे र आज उनी उत्कृष्ट बास्केटबल खेलाडी बन्न सफल भएका छन्।

माइकल जोर्डनको जन्म १७ फेब्रुअरी १९६३ मा ब्रुकलिनको एक मध्यमवर्गीय परिवारमा भएको थियो। उनी ५ दाजुभाइमध्ये चौथो सन्तान हुन्।

माइकलको बाल्यकालको एउटा प्रेरणादायी घटना जुन सबैका लागि धेरै प्रेरणादायी साबित हुन्छ, माइकल १३ वर्षको हुँदा उनका बुवाले उनलाई आफूकहाँ बोलाएर एउटा पुरानो र प्रयोग गरिएको टी–शर्ट दिएर सोध्नुभयो, “ल भन छोरा, यो टी–सर्ट को मूल्य कति होला?

माइकलले सोच्यो र भन्यो कि यो एक डलर होला।

त्यसैले बुबाले भने कि तिमी जे मनलाग्छ गर तर बजार गएर यो टी–सर्ट २ डलरमा बेच।

माइकलले सोचे कि के गर्ने ताकि उसले यो पुरानो टी–शर्टको लागि २ डलरमा बिक्री गर्न सकियोस्। माइकलले त्यो टी–सर्ट राम्ररी धोए र त्यसपछि घरमा आइरन नभएकोले यसलाई सीधा गर्न कपडाको चाङ्गमुनि राखे।

भोलिपल्ट उनले त्यो टिसर्ट पहिलेको भन्दा राम्रो देखे, त्यसपछि नजिकैको रेलवे स्टेशनमा गए र ५ घण्टाको मिहिनेतपछि बेचे र धेरै खुसी भएर घर आए र पैसा बुबालाई दिए।

१५ दिनपछि बुबाले फेरि त्यही कपडा दिनुभयो र भन्नुभयो जाउ २० डलरमा बेच। यस पटक माइकलले अलिकति सोच्यो कि कसले यसको लागि २० डलर तिर्नेछ।

तर बुबाले कम्तिमा एक पटक प्रयास गर भने। त्यसैले उसले फेरि सोच्यो र आफ्नो साथीको सहयोगमा उसले सहरमा गएर त्यो टी–सर्टमा मिकी माउसको स्टिकर लगाए र एउटा विद्यालयको अगाडि उभियो जहाँ अधिकांश केटाकेटी धनी परिवारबाट आएका थिए।

एउटा सानो बच्चाले आफ्नो बुबालाई किनिदिन भने। सानो केटाको बुबाले थप ५ डलर टिप दिएर लुगा किने, यसरी उनले १ डलर टी–शर्ट २० डलरमा बेचे र ५ डलर टिप पाए, त्यसैले माइकलले कुल २५ डलरमा बिक्री गरे र उनले खुसीसाथ आफ्नो बुबालाई बताए।

केही दिनपछि माइकललाई उनका बुवाले अर्को कपडा दिए र त्यसलाई २०० डलरमा बेच्न भने। यस पटक माइकललाई यो धेरै भएको महसुस भयो, तर पनि उनले हार मानेनन् किनभने बुबाले दिएका यस्ता कार्यहरुमा माइकल अहिलेसम्म पूर्ण रूपमा सफल थिए।

अन्ततः माइकलले यो काम पनि गर्ने निधो गरे, तर यसपटक उनले २–३ दिनसम्म त्यो कामको बारेमा सोचे, उनले त्यो १ डलर मूल्यको पुरानो टी–सर्टलाई २०० डलरमा कसरी बेच्ने?

जसरी प्रयास गर्नेहरूले हार मान्दैनन्, त्यसैगरी माइकलले हार मानेनन् र त्यो पुरानो कपडाको मूल्य बढाउने उपाय खोजे। माइकल त्यही कपडा लिएर सहर गए।

उनले त्यो दिन शहरमा एक धेरै लोकप्रिय अभिनेत्री आएको देखे। माइकलले पुलिसले बनाएको सुरक्षा घेरा तोडेर कपडामा अभिनेत्रीको अटोग्राफ लिन सफल भयो।

बच्चाको निर्दोषता देखेर अभिनेत्रीले पनि अस्वीकार गर्न सकेनन्, भोलिपल्ट माइकल त्यो अटोग्राफ गरिएको कपडा लिएर बजार गए।

त्यहाँ एक ठूलो भीड थियो जसले यसलाई किन्न चाहन्थे र कपडाको लागि बोली लगाइएको थियो, अन्ततः माइकलले २ हजार डलरमा सो कपडा बेचे।

यो घटनापछि माइकलका बुबाले आफ्नो छोराले जीवनमा जे पनि गर्न सक्छ भन्ने महसुस गरे।
माइकल यस्तो व्यक्ति हुन् जो आजको युवा पुस्ताका लागि उदाहरण हुन्।

सफलताको यात्रा

माइकलको जीवनमा हरेक ठूला मानिसको जीवन जस्तै कठिनाइहरू थिए, जब उनी १० कक्षामा थिए, उनी गर्मीको छुट्टीमा जुनियर बास्केटबल टोलीमा सामेल भए, जहाँ उनको प्रदर्शन अन्य खेलाडीहरू भन्दा धेरै राम्रो थियो, तर फाइनल टोलीमा पुग्न सकेन। उनको उचाइ अन्य खेलाडीको तुलनामा निकै कम भएकाले उनी छनोट भएनन्।

यो घटना उनको करियरको पहिलो निराशा थियो, यो घटनापछि उनले आफूलाई सुधार्ने सोच बनाए र जब पनि अभ्यासमा जान्थे, उनी सबैभन्दा पहिला पुग्थे र सबै नगएसम्म पूरा समर्पणका साथ अभ्यास गर्थे। अन्ततः कडा परिश्रमका कारण अर्को वर्ष उनी हाई स्कूल टोलीमा छनोट भए र उनको टोलीको स्टार खेलाडी बने।

उनले कलेजमा पनि आफ्नो बास्केटबल क्यारियर जारी राखे। माइकल नर्थ क्यारोलिना विश्वविद्यालयमा कलेज टोलीको मुख्य खेलाडी थिए।

१९८२ मा राष्ट्रिय कलेजिएट एथलेटिक एसोसिएसन च्याम्पियनसिपमा आफ्नो टोलीलाई जिताउनको लागि माइकलको प्रमुख भूमिका थियो। १९८४ मा लस एन्जलस समर ओलम्पिकमा माइकल युएस बास्केटबल टोलीका कप्तान थिए जसमा उनले टोलीलाई जीत दिलाएका थिए।

१९८४ मा, माइकल आफ्नो स्नातक गरिरहेको बेला शिकागो बुल्स टोलीमा सामेल भए, माइकलको आगमन अघि, शिकागो टोली हार्ने टोली थियो। तर माइकल सामेल भइसकेपछि टोलीले आफ्नो प्रदर्शन देखाउन थाल्यो।

त्यहाँ उनको प्रर्दशन यति उत्कृष्ट थियो कि सन् १९८४–८५ मा हरेक खेलमा औसत २८ अंक बनाएर स्टार खेलाडी बने।

तर अर्को वर्ष माइकलको खुट्टामा चोट लागेका कारण उनले अर्को सिजन खेल्न सकेनन्।
आफ्नो अर्को सिजनमा उनी अझै धेरै उत्साह र कडा परिश्रमका साथ टोलीमा फर्किए र पूरै सिजनमा ३ हजार अंक जोड्ने खेलाडी बने।

१९८७–१९८८ मा, माइकल मोस्ट भ्यालुएबल प्लेयर बने र डिफेन्सिभ प्लेयर अफ द इयरको उपाधि पनि जिते।

माइकल आफ्नो उत्कृष्ट प्रदर्शनका साथ सफलताको सिँढी चढ्दै थिए। उनले आफ्नो टोलीलाई १९९०–१९९१, १९९१–१९९२, १९९२–१९९३ को विजेता बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले।

१९९२ मा, उनी स्वर्ण पदक जित्ने टोलीको हिस्सा थिए।

जुवाले बर्बाद गर्यो तर हार मानेनन्

माइकलको जीवन कठिनाइहरूले भरिएको थियो किनभने १९९३ मा, माइकललाई जुवा खेलेको देखियो र उनले बास्केटबलबाट सन्यास लिनुप¥यो, जसका कारण उनी धेरै टुटेका थिए।

त्यसपछि बाबुको हत्या पनि जुवा खेल्दा भएको दुश्मनीका कारण भएको भन्ने खुलेको थियो।
बास्केटबलबाट सन्यास लिएपछि, उनले शिकागो लीग बेसबलसँग सम्झौतामा हस्ताक्षर गरे, जसको अर्थ बास्केटबल नभए बेसबल नै सही तर उनी रोक्न चाहँदैनथे।

शिकागो बुल्सले १९९३–१९९४ मा बास्केटबलमा राम्रो प्रदर्शन गर्न सकेन किनभने माइकल त्यो टोलीमा थिएनन्, तर केही समय पछि माइकलले बास्केटबलमा पुनः प्रवेश गरे र शिकागो बुल्सलाई १९९७ सम्म आफ्नो स्तर भन्दा कहिल्यै तल झर्न दिएनन्।

माइकल पहिलो एथलेटिक्स अर्बपति हुन्, उनले माइकलको नाममा सबैभन्दा ठूलो खेल पोशाक कम्पनी नाइके, कोका–कोला, म्याकडोनाल्ड्स जस्ता ठूला ब्रान्डहरू पनि प्रचार गरेका छन्।

उनको नाम २०१० को फोर्ब्स २० सेलिब्रेटीहरूमा पनि देखा परेको छ।

एजेन्सी

Comments

Back to top