युक्रेनको हमलाका कारण रुसको बेल्गोरोद क्षेत्रमा पनि संकटकाल घोषणा
युक्रेनको आक्रमणका कारण रुसको अर्को क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ । सिमा क्षेत्रमा अवस्थित बेल्गोरोदमा संकटकाल घोषणा गरिएको हो ।
रुसको कुर्क्समा यसअघि नै संकटकाल घोषणा गरिएको थियो । त्यहाँ युक्रेनी फौज घुसेर आक्रमण गरिरहेको छ । युक्रेनी बम आक्रमणका कारण धेरै सर्वसाधारणको मृत्यु भएको रुसको दाबी छ ।
कुर्क्समा हमला गरेको २ हप्तापछि युक्रेनले अर्को क्षेत्रमा पनि आक्रमण सुरु गरेको हो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले हालसम्म कुर्क्सका ७४ सहर र गाउँ नियन्त्रणमा लिइसकेको दाबी गरेका छन् ।
युक्रेनी सेना प्रमुखका अनुसार करिब एक हजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिइएको छ ।
यसैबीच मंगलबार राति सीमा क्षेत्रमा ११७ युक्रेनी ड्रोन ध्वस्त गरेको रुसले दाबी गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्क्स क्षेत्रमा आकस्मिक रुपमा हमला सुरु गरेको थियो ।
एजेन्सी
Comments