टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित गरेको हो ।
आज बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् ।
अब विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख देवराज घिमिरेबाट प्रमणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडैल कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानून बन्नेछ ।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन दुवै आयोगमा गरी ६४ हजारभन्दा बढी उजुरी छन् ।
यो विधेयक २०७९ फागुन २५ गते संसद् सचिवालयमा दर्ता गरिएको थियो ।
एजेन्सी
Comments