विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शाहले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम नियुक्त भएका मुक्तमन्त्री शाले सोही धाराको उपधारा(४)बमोजिम विश्वासको मत लिन लगेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
एजेन्सी
Comments