अठार देशका लागि सिफारिस राजदूतको सुनवाइ मंगलबारदेखि

केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको मंगलबारदेखि सुनवाइ शुरु हुने भएको छ। 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि शुरु हुन लागेको हो। 

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपतिशमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । मंगलबार दिउँसो १२ः३० बजेबाट सुनुवाइ हुनेछ । 

एजेन्सी

Comments

Back to top