ग्रीसको जङ्गलमा लागेको आगो एथेन्सको बस्तीतर्फ फैलियो, अन्तर्राष्ट्रिय सहयोगको आह्वान

ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । अस्ति आइतवारदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ । आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ ।

एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन छ सय ७० वटा दमकल परिचालन गरिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउन ग्रीसमा विमान पठाएका छन् । ग्रीसमा पहिलोपटक यति ठूलो आगलागीको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । 

एजेन्सी

Comments

Back to top