अमेरिकाले पठायो मध्यपूर्वमा मिसाइलयुक्त पनडुब्बी

इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा गाईडेड मिसाइल पनडुब्बी पठाएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक युद्धपोत युएसएस अब्राहम लिंकनलाई पनि चाँडै यस क्षेत्रमा पुग्न आग्रह गरेका छन् । USS अब्राहम लिंकन F-35 लडाकु विमानले सुसज्जित छ ।

वास्तवमा हमास र हिजबुल्लाहका केही ठूला नेता मारिएपछि इजरायल र इरानबीच तनाव बढेको छ ।

इरानले हमास नेता इस्माइल हानियाको हत्याको बदला लिने घोषणा गरेको थियो । हिजबुल्लाहले केही इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाउन सक्ने बताइएको छ ।

हानियाको मृत्युपछि बढेको तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा पनडुब्बी पठाउने निर्णय गरेको हो । अमेरिका यस्तो कुनै पनि आक्रमणबाट इजरायललाई बचाउन चाहन्छ ।

अमेरिकी रक्षामन्त्री अस्टिनले आफ्नो देशले आफ्ना सहयोगीहरूलाई जोगाउन हरसम्भव कदम चाल्ने बताएका छन् ।

एजेन्सी

 

Comments

Back to top