बङ्गलादेशमा अल्पसङ्ख्यक विरुद्धको हिंसाको विरोधमा लण्डनको संसद बाहिर प्रदर्शन
यस साताको सुरुमा पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समुह विरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् ।
बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए। प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागीता रहेको थियो ।
बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताए ।
“हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकुन्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भने ।
“जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उनले बताए ।
बेलायतको बङ्गाली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिए ।
बहुसङ्ख्यक समुदायको अत्याचारका कारण बङ्गलादेशी अल्पसङ्ख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् ।
“विगत पाँचदेखि छ दिनदेखि बङ्गलादेशमा अल्पसङ्ख्यकहरुले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । उनीहरूले हामीबाट हाम्रो देश खोस्न सक्दैनन्, हामीलाई निर्वासित गर्न सक्दैनन्। हामी हाम्रो देशमा सुरक्षित र शान्तिपूर्वक बाँच्न चाहन्छौँ। अल्पसङ्ख्यकहरू विरुद्धको हिंसा रोक्नुपर्छ ”, उनले भने ।
एजेन्सी
Comments