प्रधानमन्त्री ओली र भारतीय बिदेश सचिवबिच शिष्टचार भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटपछि भारतीय दूतावासले बहुआयामिक सम्बन्धलाई उचाइमा पुर्याउँदै दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा नयाँ ऊर्जा दिने उपायहरूबारे छलफल भएको बताएको छ ।
विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका हुन् । ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।
सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरिसकेका छन् । उनले परराष्ट्रमन्त्री आरजू राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।
एजेन्सी
Comments