युक्रेनका राष्ट्रपतिद्वारा रूसमा आक्रमण गर्न निर्देशन
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्कीले पहिलो पटक आफ्ना सैनिकहरूलाई रूसमा आक्रमण गर्न निर्देशन दिएका छन् । उनका सैनिकहरूले रूसको पश्चिमी कुर्सक क्षेत्रमा आक्रमण गरिएका छन् ।
शनिबार राति टेलिभिजन सम्बोधनमा राष्ट्रपति जेलेन्कीले युक्रेनका सैनिकहरूले युद्धलाई ‘आक्रमणकारीको क्षेत्र(रूस)’ मा पुर्याएको बताएका थिए । युक्रेनले पाँच दिनअघि सुरु गरेको अपरेसनपछि उनले यस्तो घोषणा गरेका हुन् ।
आइतबार बिहानै युक्रेनको राजधानी किव र सुमी क्षेत्रहरूमा विस्फोटनको आवाजहरू सुनिएको बिबिसीले जनाएको छ ।
किवका मेयर विटाली क्लिट्सकाअनुसार हवाइ रक्षा इकाहरू सञ्चालन गरिएका छन् भने सहरमा हवाई आक्रमणको चेतावनी जारी गरिएको छ । उनले आफ्नो सन्देशमा भनेका छन् – आम नगारिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।
किवको वरिपरी र पूर्वी युक्रेनका सबै भागमा हवाई आक्रमण हुन सक्ने देशको हवाई सेनाले जनाएको छ ।
शनिबारको सम्बोधनमा राष्ट्रपति जेलेन्कीले युक्रेनका ‘योद्धाहरू’लाई धन्यवाद दिँदै सैन्य कारबाहीका बारेमा देशका वरिष्ट सैन्य कामान्डर ओलेक्सान्द्रा सिस्कीसँग छलफलसमेत गरेको जानकारी दिएका छन् । उनले भने, “आक्रमणकारीलाई दबाबमा राख्न र वास्तविक न्याय स्थापित गर्नका लागि युक्रेनले आफ्नो शक्तिलाई प्रमाणित गरिरहेको छ ।”
हाल युक्रेनी सेना रूसको १० किलोमिटरभन्दा भित्र पसेर लडाइँ गरिहेको छ । सन् २०२२ को फेब्रेअरीमा रूस–युक्रेन युद्ध सुरुपश्चात युक्रेन रूसको सबैभन्दा भित्री भागमा घुसेको यो नै पहिलो पटक हो ।
कुर्स्कमा आइतबार बिहान कम्तिमा १३ जना घाइते भएका छन् भने दुई जना गम्भीर अवस्थामा रहेको त्यस क्षेत्रका कार्यवाहक गर्भर अलेक्सेई स्मिर्नोभले बताएका छन् । रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार सीमा क्षेत्रमा ७६ हजारभन्दा बढी मानिसलाई त्यस क्षेत्रबाट हटाइएको छ । उनीहरूलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको जनाएको छ ।
एजेन्सी
Comments