माग पुरा नगरेको भन्दै बंगलादेशमा विद्यार्थीले पुनः आन्दोलन सुरु गरे

सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटममा पनि माग पुरा नभएको भन्दै बंगलादेशका विद्यार्थीहरुले पुनः आन्दोलन सुरु गरेका छन् ।

विद्यार्थीहरुले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने अधिकारीको बर्खास्ती र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी संगठनले सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए ।

समयसिमा भित्र माग पुरा नभएको भन्दै विद्यार्थीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् । विद्यार्थीको आन्दोलन चर्किएपछि गत साता सर्वोच्च अदालतले आरक्षणलाई अवैध ठहर गर्ने फैसला गरेको छ ।

अदालतको फैसलापछि विद्यार्थी संगठनहरुले सरकारलाई अन्य मागहरु पुरा गर्न अल्टिमेटम दिएका थिए । आन्दोलनका क्रममा एक सय ५० को मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् ।

एजेन्सी

Comments

Back to top