ट्रम्प हत्याको प्रयासपछि सिक्रेट सर्भिसकी निर्देशकले दिइन् राजीनामा

अमेरिकी सिक्रेट सर्भिस अर्थात् गुप्तचर संस्थाकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनापछि सिक्रेट सर्भिसका प्रमुख चिटलले पदबाट राजीनामा दिएकी हुन्।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई लक्षित गरी केही दिन अघि भएको आक्रमणको घटान रोक्न आफ्नो मिसन एजेन्सी असफल भएको उनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई १३ तारिखमा पेन्सिलभेनियाको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पलाई गोली हानेका थिए । लगत्तै चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब बढेको थियो । चिटललाई वर्तमान राष्ट्रपति जो बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थियो । ट्रम्पको दाहिने कानमा बन्दुकको गोली लागेर भएको घाउ उपचारपछि ठिक हुँदै गएको डाक्टरले बताएका छन् । 

एजेन्सी

Comments

Back to top