बंगलादेशबाट अहिलेसम्म १ हजार ४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए
बंगलादेशमा भएको आन्दोलनका कारण परिस्थिती असहज भएपछि पढ्न गएका १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
सरकारी आरक्षण कोटा विवादमा जारी आन्दोलनका कारण त्यहाँ अध्ययनरत करिब १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबारसम्म बंगलादेशबाट१४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन् ।
उनका अनुसार बंगलादेशबाट मंगलबार ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किएका हुन् ।
ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको मन्त्री राणाको भनाई छ ।
नेपाली विद्यार्थीहरु स्थल मार्गबाट पनि नेपाल प्रवेश गरिरहेका छन् ।
एजेन्सी
Comments