न्युराेडमा फुटपाथ विस्तारकाे काम राेक्ने सहमति, अध्ययन समिति बनाइने

काठमाण्डौको न्युरोड क्षेत्रमा फुटपाथ विस्तारसम्बन्धी काम तत्कालका लागि राेक्ने सहमति भएकाे छ । काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि र वडाध्यक्षहरूबीच आज भएको बैठकमा न्युरोड क्षेत्रमा आउँदो मङ्सिर २ गतेसम्म फुटपाथ विस्तारसम्बन्धी कुनै काम नगर्ने सहमति भएको हो ।

बैठकले काठमाण्डौ महानगर वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारबारे अध्ययन गर्न समिति गठन गर्ने र समितिले दिएको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ ।

काठमाण्डौ महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका थिए ।

एजेन्सी

Comments

Back to top