सरकारले भन्याे– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’
सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे जनाएको छ । परराष्ट्र मन्त्रालयले एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकाको नेपाली राजदूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिएको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवम् आफन्तले ढाकाको नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग सम्पर्क भने केही असहज भएको छ ।
सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा केही दिनदेखिको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बङ्गलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ । प्रदर्शनमा अहिलेसम्म २५ जनाकाे ज्यान गएकाे छ ।
एजेन्सी
Comments