सिमलताल पहिरो : भारतमा दुई जना मृत भेटिए
त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएकामध्ये अहिलेसम्म २३ जना मृत भेटिएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जना मृत भेटिएका हुन् ।
जसमा दुई जना भारतको पश्चिम चम्पारण बगाहामा मृत फेला परेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । मृतकमध्ये १४ जनाको सनाखत भएको छ भने ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ ।
असार २८ मा काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।
एजेन्सी
Comments