रहिनन् होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठ
काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बाथरोगबाट पीडित ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनियाको उपचार गरिरहेकी थिइन् ।
Comments