अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता दिने भएको छ । रुसको हाक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएएको छ । २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । हजारैं मानिस मारिएका छन् । मृत्यु हुनेको यकिन संख्या बाहिरिएको छैन । रुसी हमलापछि उत्पन्न मानवीय र आर्थिक सङ्कटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायता दिने प्रस्ताव अनुमोदन भएको कोषले जनाएको छ ।

आईएमएफले उक्त युद्धका कारण पुगेको आर्थिक क्षतिसँग जुझ्न युक्रेनलाई सहायता गर्ने बताइएको छ । युक्रेनमाथि भएको आक्रमणका कारण यूरोपका सबैजससो देशको अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने देखिएको छ । किनकी युक्रेनबाट विस्थापित भएका शरणार्थीलाई अब युरोपका अन्य मुलुकले राख्नु पर्नेछ ।

Comments

Back to top