प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध रिट, देउवालाई प्रधानमन्त्री बनाउन माग

संविधानको धारा ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको छ ।

रिट दर्ताको क्रममा रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताए ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।

माओवादी निकट युवाहरू खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्तरुपमा रिट दायरका लागि सर्वोच्च पुगेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ (३) अनुसार बनाउनुपर्ने उनीहरूको जिकिर छ । पहिलो ठुलो दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा छन् ।

एजेन्सी

Comments

Back to top