सीमलताल दुर्घटना : गैँडाकोटमा दुई जना मृत भेटिए, पहिचान हुन बाँकी
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
नारायणी किनारको बालुवामा आधा गाडिएको अवस्थामा स्थानीयले मृत व्यक्तिलाई देखेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
मृतकलाई चितवनतर्फ लगिइको गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
ती मृतकहरू शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु रहेको हुनसक्ने अनुमान गरिएको छ।
तर, सनाखत हुन नसकेकोले अहिले नै पुष्टि गर्ने अवस्था नरहेको डीएसपी रिजालले बताए ।
यसअघि आजै चितवनको गोलाघाटस्थित नारायणी नदी बीचमा भारतीय नागरिक ऋषिपाल साह मृत अवस्थामा भेटिएका थिए । उनी सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भइसकेको छ ।
एजेन्सी
Comments