बेरील आँधी : अमेरिकाको टेक्सस राज्यमा १० लाख जना मानिस बिजुलीविहीन

बेरील आँधीले अमेरिकाको टेक्सस राज्यको जनजीवन अस्तव्यस्त भएको छ । टेक्ससका झन्डै साढे दुई लाख वटा घरका १० लाख जनाभन्दा धेरै मानिस हिजोदेखि बिजुलीविहीन अवस्थामा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आँधीबेहरी बेरीलले रूख र बिजुलीका पोल भाँचिदा ठाउँ–ठाउँमा बिजुलीको सेवा अवरुद्ध भएको हो । टेक्सासको सबैभन्दा ठूलो विद्युत प्रदायक सेन्टरपोइन्ट एनर्जीले आफ्ना आठ लाख ६० हजार जना ग्राहकहरू प्रभावित रहेको बताएको छ । १४ लाख जनाभन्दा धेरै ग्राहकको गएको बिजुलीलाई फेरि जोड्ने काम भएको छ ।

ह्युस्टनमा पनि आँधीको प्रभाव परेको छ । तापक्रम बढेर ३८ डिग्री सेल्यिसभन्दा माथि पुगेको अवस्थामा बिजुली बन्द हुन्दा निकै समस्या भएको स्थानीयले बताएका छन् । कोलोराडो स्टेट युनिभर्सिटीका मौसमविदले अझै ६ वटा ठूला आँधीबेहरीको पूर्वानुमान गरेका छन् ।

एजेन्सी

Comments

Back to top