गुरू ट्राभल्स र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड तथा एनएमबि बैंकबीच व्यवसायिक सहकार्य भएको छ ।

उक्त कार्यका लागि एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा उल्लेख भए अनुसार एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको विशेष छूटका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।

गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५०० रुपैयाँ बराबरको विशेष छूटलगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने छन् ।

त्यस्तै सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरू पनि आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने सहमति पनि भएको छ ।

एजेन्सी

Comments

Back to top