संसदीय छानविन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने
सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते अर्थात् भोलि पीडितसँग छलफल गर्ने निर्णय गरेको हो ।
सहकारीका पीडितसँग प्रतिनिधिमुलक ढङ्गले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए। आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञसँग छलफल गरेको थियो ।
अब पीडितसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने विशेष समितिका सभापति थापाले बताए।
एजेन्सी
Comments