सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो बन्धक रोक्का–फुकुवा सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का–रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागको तर्फबाट महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन् ।

सरकारले आफू मातहतका निकायहरुलाई क्रमशः डिजिटलाइज्ड गर्दै लगेको छ । त्यसअन्तर्गत नै अनलाइनमार्फत रोक्का–रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको विभागका महानिर्देशक सापकोटाले बताए ।

यस्तै, सुयोग श्रेष्ठ श्रेष्ठले अनलाइन प्रणाली मार्फत रोक्काररोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सहज तथा सरल हुने बताए । साथै, वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झन्झटबाट मुक्ति मिल्ने विश्वास उनको छ ।

एजेन्सी

Comments

Back to top