असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आयो : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा उनले असीमित बचत सङ्कलन मुख्य समस्या रहेको बताएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिएका हुन् ।

सभापति थापाकाअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारी स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखा परेको बताए ।

एजेन्सी

Comments

Back to top