वर्षाले कञ्चनपुर जलमग्न : १६ सय बढी विस्थापित
निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ । यहाँका अधिकांश पालिका डुबानमा परेका छन्।
अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजार ६२२ विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका लगायतका क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् ।
डुबानमा परेका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको प्रहरीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए ।
लगातारको वर्षा पछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले पुल भत्काएको छ। पुल भत्केपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ।
एजेन्सी
Comments