सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिए

भारतको ‘बिहारको दुख’ भनेर चिनिने सप्तकोशी ब्यारेजका सबै अर्थात् ५६ वटै ढोका खोलिएका छन्। पानीको सतह बढ्दै गएपछि सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।

बिहान ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएपछि खतरा हुने सम्भावना बढ्यो अनि ढोका खोलिएको जिप्रका सुनसरीले जनाएको छ। कोशी ब्यारेज सुनसरी र सप्तरीको सीमामा छ भने यसले भारतको बिहारमा हुने हानि र क्षतिलाई रोकिरहेको छ। 

सबै ढोका खोलिएपछि बिहार अत्तालिएको छ। बिहारका सुपौल, अरअरियालगायतका जिल्लामा कोशीको कहर हुने गरेको छ।

एजेन्सी

Comments

Back to top