गाजाको एक विद्यालयमा इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु

गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको ज्यान गएको छ । धेरैजना घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको थियो। तर इजरायली रक्षा बल (आईडीएफ) ले भने यो भवनमा धेरै आतंकवादी रहेकाले आक्रमण गरेको बताएको छ ।

शिविरको एउटै घरमा १० जनाको र बाँकी छ जनाको अर्को भवनमा ज्यान गएको थियो । नुसेराट विद्यालयमा भएको एउटा आक्रमणको एउटा भिडियोमा वयस्क र बालबालिका धुलो र भग्नावशेषबाट उडेको धुवाँले भरिएको सडकमा चिच्याइरहेका थिए ।

बीबीसीका अनुसार भवनमा सात हजार जनाले शरण लिइरहेका थिए । एक जना महिलाले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार भवनमा आक्रमण हुँदा कुरान पढ्दै गरेका केही बालबालिकाको ज्यान गएको थियो ।

इजरायलले कुनै पनि चेतावनीबिना विद्यालय भवनमा आक्रमण गरेको यो चौथो पटक हो । हिजो मात्रै भएको एउटा अर्को आक्रमणमा पाँच जना स्थानीय पत्रकारको ज्यान गएको थियो । 'रिपोर्टर्स विदाउट बोर्डर्स'का अनुसार गएको अक्टोबर ७ को आक्रमणपछि गाजामा एक सय जनाभन्दा धेरै पत्रकारले ज्यान गुमाएका छन् । 

एजेन्सी

Comments

Back to top