बाढी पहिरो अपडेट: अहिलेसम्म ८ जनाको मृत्यु ७ जना बेपत्ता , ४५ स्थानका सडक अवरुद्ध

दुई दिनयता भएको मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति हुन थालेको छ ।

बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ८ जनाको मृत्यु भएको विवरण संकलन भएको छ ।

स्याङ्जामा तीनजना , पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार विपद्का कारण अन्य ६ जना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

त्यस्तै, नारायणी नदीले बगाउँदा नवलपरासीमा एक युवक बेपत्ता भएका छन् ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका ३३ वर्षीय अर्जुन चमार दाउरा टिप्न जाँदा नारायणी नदीमा बगेर बेपत्ता भएका हुन् ।

बाढीका कारण मुलुकभरका ४५ भन्दा सडकमा आवागमन अवरुद्ध भएका छन् ।

वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ ।

कोशी नारायणी, महाकालीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खहरे खोला पनि उर्लिएका छन् । गृहमन्त्रालयले तीनवटै सुरक्षा निकायलाई हाईअलर्टमा रहन निर्देशन दिएको छ ।

एजेन्सी

Comments

Back to top