सामसङको नाफा पछिल्लो ३ महिनामा १५ गुणाले बढ्यो

 

'चिप्स' काे मूल्य बढेपछि विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङको नाफा पछिल्लो तीन महिनामा १५ गुणाले बढेको छ । सामसङ इलेक्ट्रोनिक्सले गएको वर्षको अप्रिलदेखि जुनसम्मको तुलनामा यो वर्षको तीन महिनाको नाफा १५ गुणा बढेकाे जनाएको छ ।

संसारभर कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) प्रयोग बढेसँगै उन्नत चिप्सकाे मूल्य बढ्दा कोरियाली कम्पनी सामसङको नाफा आकाशिएको हो । सामसङ मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।

यसअघि जनवरीदेखि मार्चसम्म पनि कम्पनीले नाफा १० गुणा बढेको जनाएको थियो । तर अब सामसङमा कर्मचारीको आन्दोलन शुरु हुने सङ्केत देखिएका छन् । कर्मचारीको हडताल भएमा कम्पनीको नाफामा केही कमी आउन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

एजेन्सी

Comments

Back to top