धारा ७६ (२)बमोजिम ओलीको नेतृत्वमा सरकार गठन हुन्छ : कांग्रेस

नेपाली कांग्रेसले आगामी सरकार संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुनेछ ।’ उनले भने ।

साथै, बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई अनुमोदन गरेको पनि लेखकले जानकारी दिए ।

एजेन्सी

Comments

Back to top