सुधारवादी नेता पेजेस्कियान बने इरानको राष्ट्रपति

इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका छन् ।

चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् ।

जुन २८ मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका थिएनन् । दोस्रो चरणमा पेजेस्कियान विजयी भएका हुन् ।

पूर्वराष्ट्रपति इब्राहिम रायसीको पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कदैँ गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित ९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो ।

एजेन्सी

Comments

Back to top