भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते
सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता भएका छन्।
भोटेकोसी गाउँपालिका-४ मा रहेको आयोजनाको ढलान भत्किँदा १० मजदुर घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता खोजीसँगै उद्धारको प्रयास भइरहेको छ ।
शुक्रबार दिउँसो ढलान गर्दागर्दै भत्किएको हो । घाइतेहरुको अहिले बाह्रबिसे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको थियो ।
एजेन्सी
Comments