रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा पत्र बोकेर बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने तयारी गरेकाले सहयोग गर्न भनेपछि रास्वपाका मन्त्रीहरु तत्काल राजीनामा नबुझाउने मनस्थितिमा पुगेका हुन् । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामाको तयारीसहित बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

एजेन्सी

Comments

Back to top