अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क एक सय २५ प्रतिशत बढायो

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा आवेदन शुल्क एक सय २५ प्रतिशत बढाएको छ । अष्ट्रेलियाले जुलाई १ देखि लागू हुनेगरी प्रतिआवेदन भिसा शुल्क सात सय १० बाट बढाएर एक हजार छ सय अष्ट्रेलियन डलर पुर्याएको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अब अस्ट्रेलियाका विश्वविद्यालयहरुमा अध्ययन गर्नका लागि पहिलेको तुलनामा थप आठ सय ९० अष्ट्रेलियन डलर तिर्नुपर्ने भएको छ ।

अष्ट्रेलियाको माइग्रेसन स्ट्राटेजी लागू भएको छ र धेरै अन्य नियमहरु लागू भएका छन् । अष्ट्रेलियाका गृह मामिला मन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत अष्ट्रेलियालाई राम्रो, छरितो र प्रभावकारी काम गर्नसक्ने आप्रवाससम्बन्धी प्रणाली सिर्जना मद्दत गर्ने बताएकी छन् ।

कोभिड–१९को लकडाउन खुला भएपछि अस्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढेको थियो । अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या छ लाख ५० हजारभन्दा धेरै छ । यो संख्या एक दशकअघिको भन्दा दोब्बर धेरै हो ।

अस्ट्रेलियाले अस्थायी स्किल्ड माइग्रेसन इन्कम थ्रेसहोल्ड पनि बढाएर ७३ हजार एक सय ५० अस्ट्रेलियन डलर पुर्याएको छ। यसअघि ७० हजार अष्ट्रेलियन डलर थियो । अष्ट्रेलियाले अस्थायी स्नातक भिसाको अवधि घटाउने र उमेर योग्यता पनि घटाउने घोषणा गरेको थियो ।

एजेन्सी

Comments

Back to top