रियलमीको नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी चाँडै नेपाली बजारमा आउँदै

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

रियलमी १२ एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ।

त्यस्तै रियलमी नार्जो ७० प्रो फाइभ जीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ। दुवै स्मार्टफोनहरूमा ५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँग चलाऊन सक्छन्।

एजेन्सी

Comments

Back to top