इजरेल हमासको सशस्त्र बललाई समाप्त गर्ने अन्तिम चरणमा छ- नेतान्याहू

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई समाप्त गर्ने अन्तिम चरणमा रहेको बताएका छन् । 

नेतान्याहुले इजरेलको नेशनल सेक्युरिटी कलेजका क्याडेटहरूसँगको भेटमा हमासको उन्मुलनको काम पूरा गर्नेतर्फ अघि बढिरहेको बताए । 

गाजा डिभिजनको भ्रमण गरेको र रक्षा मन्त्री योभ ग्यालान्ट र सेनाको वरिष्ठ कमान्डसँग गाजामा इजरेलको नौ महिना लामो आक्रमणमा रफाहमा लडाइँमा जोड दिएर सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिनपछि नेतान्याहूको अनुमान आएको हो।

एजेन्सी

Comments

Back to top