भारतमा सत्संगको क्रममा भागदौड, मृत्यु हुनेको संख्या १०० नाघ्यो

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनापछि अस्पताल बाहिर र भित्र ठूलो संख्यामा शव राखिएको छ ।

डीएम हाथरस आशिष पटेलले सत्संगको अन्त्यमा उच्च आर्द्रताका कारण भएको जानकारी दिए । साथै, घटनामा केही घाइते भएका छन् ।

घाइते र मृतकलाई ट्रक, टेम्पो र एम्बुलेन्समा राखेर ट्रमा सेन्टरमा लगिएको थियो ।

दैनिक भास्करले १ सय २२ जनाको मृत्यु भएको दाबी गरेको छ ।

एजेन्सी

Comments

Back to top