प्रभु बैंकका ग्राहक तथा कर्मचारिलाई हिमालय होटलमा विशेष छुट

प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखक द्वारा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

एजेन्सी

Comments

Back to top