बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय
बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने अदालतले फैसला सुनाएको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई सजाय तोकेको हो । बम्जनलाई १० वर्ष कैद सजाय र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश आएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
बम्जनविरुद्ध जिल्ला सकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको मागदावी गर्दै अभियोगपत्र दायर गरेको थियो । श्रेस्तेदार अधिकारीका अनुसार पूर्ण फैसला आउँन बाँकी छ।
०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो ।
सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो ।
बम्जन अहिले महोत्तरीको जलेश्वर कारागारमा छन् ।
एजेन्सी
Comments