मन्त्रिपरिषद् बैठकमा प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताए
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकमा उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीले अहिलेको सहकार्य लामै समय जाने बिफ्रिङ गरेका छन् ।
‘असमझदारी बढे भन्ने चर्चा परिचर्चा असत्य हुन्, यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भन्ने ब्रिफ गर्नुभएको छ’, उनले भनिन् ।
एजेन्सी
Comments