प्रभु बैंकको बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा

पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले आइतबार देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै ब्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।

यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।

व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ । बिजनेस डेबिट कार्डको मद्दतले निम्नलिखित भुक्तानी आवश्यकताहरू लाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिनेछ ।

एजेन्सी

 

Comments

Back to top