युक्रेनमा नयाँ हमलापछि जेलेन्स्कीले मागे लामो दूरीसम्म हान्ने हतियार

युक्रेनमाथि हालै भएको आक्रमणमा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि पनि लामो दूरीसम्म हान्न सकिने हतियार उपलब्ध गराइदिन माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल टेलिग्राममा एउटा पोस्ट गर्दै सो अनुरोध गरेका हुन् । ‘हाम्रा सहरहरू र मानिसहरूले हरेक दिन रुसी आक्रमणहरूको सामना गरिरहेका छन्, तर हामी रुसी मिसाइल लन्चरहरू नष्ट गरेर यो समस्यालाई जित्न सक्छौँ । तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियारको आवश्यकता छ । यसका साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्नेछ ।’ उनले पोस्टमा लेखेका छन्।

शनिबार युक्रेनको दुर्गम क्षेत्र जापोरिझियाको भिल्न्यान्स्कमा रुसी आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको थियो । सो आक्रमणमा ३७ जना घाइते भएका थिए । यसपछि जेलेन्स्कीले पश्चिमी देशहरूसँग लामो दूरीको हतियार मागेका थिए ।

एजेन्सी

Comments

Back to top