पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने
पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।
खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उनले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताएकाे चिनियाँ समाचार संस्था सीएनएनले जनाएको छ ।
कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशहरूसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उनले बताए।
विद्यार्थीलाई चीन पठाएर सीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना रहेको खाद्य सुरक्षा मन्त्री हुसेनले बताएको सिन्ह्वाको खबरमा उल्लेख छ । बाँझो जमिनलाई कृषियोग्य बनाउनेसहित थप जमिनलाई खेतीअन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बाैँ रुपैयाँ ऋण प्रदान गरी नवीन योजना चलिरहेको उनको भनाइ छ ।
एजेन्सी
Comments