रास्वपाले मुकुल ढकाललाई सोध्यो स्पष्टीकरण

अनुशासन भंग गरेको भन्दै  रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

शुक्रबार अपराह्न थमाइएको स्पष्टीकरण पत्रमा महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका बुंदाहरु मिडियामा सार्वजनिक गरेर पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको आरोप लगाइएको छ ।

रास्वपा स्रोतका अनुसार उनले आफूलाई सभापति लामिछाने बाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने अडान लिएका छन् ।

 

 

Comments

Back to top