अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन र ट्रम्पबीच बहस

अमेरिकामा आउँदाे नोभेम्बर ५ मा राष्ट्रपतिको चुनावको सन्दर्भमा पहिलो पटक राष्ट्रपतिका उम्मेदवारबीच बहस भएको छ ।

बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सहभागी भएका छन् । चार वर्षपछि दुवै नेता एकै कार्यक्रममा सँगै सहभागी भएका सीएनएनले जनाएको छ ।

सीएनएनले आयोजना गरेको टिभी बहसमा अवैध आप्रवासी, गर्भपतन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तनजस्ता मुद्धामा छलफल भएको छ ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका छन् । ट्रम्पले भने बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको दाबी गरेका छन् ।

एजेन्सी

Comments

Back to top